Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

नेपाली युवतीको विभत्स हत्या गर्ने भारतीय सेना कर्णेल पक्राउ

२७ भदौ, काठमाडौं : भारतमा नेपाली युवतीको हत्या गर्ने सैनिक अधिकारी (कर्णेल) पक्राउ परेका छन्।

भारतीय सेनाका ४२ वर्षका लेफ्टिनेन्ट कर्नेल रामेन्दु उपाध्याय नेपाली मूलकी नेपाली युवती श्रेया शर्माको हत्या आरोपमा पक्राउ परेका हुन्।​

श्रीमती र डेढ वर्षका छोरा भएका पिता रामेन्दु र र काठमाडौंकी श्रेया विवाहेतर सम्बन्धमा थिए। उनी हालै सिलगढीबाट देहरादुनमा सरुवा भएका थिए, जहाँ उनले पहिलोपटक श्रेयालाई उनी काम गर्ने डान्स बारमा भेटेका थिए।

विवाह गर्न दबाब दिएपछि गत शनिबार राति घुम्न जाने बहानामा बाहिर लगेर उनले श्रेयाको हत्या गरेको उत्तराखण्डका प्रहरी प्रमुख एससी सरिता डोभालले जानकारी दिइन्।

शनिबार राति युवतीले काम गर्ने डान्स बारमा दुवै जनाले मदिरा सेवन गरेका थिए। तयसपछि रामेन्दुले घुम्न जाने प्रस्ताव गरेका थिए। सुनसान ठाउँमा पुगेर कार पार्क गरी श्रेयाको टाउको र मुखमा हथौडा प्रहार गरेर उनी फरार भएका थिए। प्रहरीले हत्यामा प्रयोग भएको हतियार, कार र अपराध गर्दा रामेन्दुले ​लगाएको लुगासमेत बरामद गरेको छ।​

सीसीटीभीको सहयोगमा सोमबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आरोपी रामेन्दुले हत्या गरेको स्वीकार गरेको पनि प्रहरीको भनाइ छ।

देहरादून सरुवा भएपछि श्रेयाका लागि छुट्टै फ्ल्याट भाडामा लिएर राखेको रामेन्दुले प्रहरीलाई बताएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP