Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

किशोरीमाथि तेजाब प्रहार

पर्सा

भदौ २०

वीरगञ्जको गणेशमान चौकमा आज बिहान १५ वर्षीया एक किशोरीलाई एसिड तेजाब खन्याइ घाइते बनाइएको छ ।

विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी मुस्कान खातुनमाथि दुई जनाको सङ्ख्यामा रहेका युवकले तेजाब प्रहार गरेका हुन् । तेजाब प्रहारबाट घाइते भएकी खातुनलाई वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । तेजाबबाट खातुनको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

खातुनको स्वास्थ्य अवस्था गम्भीर रहेको पनि चिकित्सकले बताएका छन् ।

मुस्कानमाथि तेजाब खन्याएको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ । बिहान ६ बजे विद्यालय जानलागेकी उनीमाथि सम्सादले तेजाब खन्याएको प्रत्यक्षदर्शी र पीडितले बयान दिएका छन् । सोही बयानका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

शर्माले युवतीमाथि तेजाब खन्याउने कार्यमा सहयोग गर्ने वीरगञ्ज–२ छपकैया निवासी मजिद आलमको खोजी भइरहेको बताए । वीरगञ्जको रामटोलमा अवस्थित त्रिभुवन हनुमान माध्यमिक विद्यलायको कक्षा १० मा मुस्कान अध्ययनरत रहेकी छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP