Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

अमेरिकी राष्ट्रपतिका छोरा हन्टरविरुद्ध फौजदारी मुद्दा दर्ता


काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ। बन्दुक खरिद गर्दा आफू लागुऔषध दुर्व्यसनी रहेको कुरा ढाँटेको अभियोगमा उनीविरुद्द फौजदारी मुद्दा दर्ता गरिएको हो।

अमेरिकामा बहालवाला राष्ट्रपतिका छोराविरुद्ध फौजदारी मुद्दा दायर गरिएको यो पहिलो घटना हो।​ बाइडनको गृहराज्य डेलावेयरस्थित जिल्ला अदालतमा दायर गरिएको उक्त मुद्दामा दोषी ठहर भए ५३ वर्षीय हन्टरलाई अधिकतम् २५ वर्षसम्मको जेल सजाय हुनसक्ने बीबीसीले जनाएको छ।

अमेरिकी कानुनअनुसार कुनै पनि प्रकारको लागुऔषध दुर्व्यसनमा रहेका व्यक्तिले बन्दुक किन्न र राख्न पाउँदैनन्। हन्टरले सन् २०१८ को अक्टोबरमा डेलावेयरको बन्दुक पसलबाट कोल्ट कोब्रा स्पेशल रिभोल्भर खरिद गर्दा आफू कुनै लागुऔषधको दुव्यर्सनी नरहेको झुटो दाबी पेस गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ। उनी विरुद्ध तीनवटा आरोप लगाइएकोछ। सो समयमा हन्टर बाइडेन क्रयाक कोकिनका दुव्यर्सनी थिए।

हन्टरविरुद्ध कर छली सम्बन्धी अर्को अनुसन्धान पनि जारी छ। बन्दुक तथा कर सम्बन्धी दुवै विषयको समाधान गर्न सरकारी अभियोजनकर्ता र हन्टरका कानुन व्यवसायीबीच गत जुनमा एउटा सहमति भएको थियो।

सो सहमति अन्तर्गत बाइडेनले समयमा कर नतिरेको सम्बन्धी दुई अभियोगमा आफनो दोष स्वीकार गर्ने र लागुऔषध उपचारसम्बन्धी कार्यक्रममा संलग्न भएर अवैध बन्दुक सम्बन्धी फौजदारी अभियोगबाट मुक्ति पाउने चांजोपांजो मिलाइएको थियो। तर अन्तिम समयमा आएर अदालतले अनुमति नदिँदा नाटकीय रुपमा उक्त सम्झौता तुहिएको थियो।

दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका ८० वर्षीय राष्ट्रपति जो बाइडेनका लागि छोराको यो मुद्दाले राजनीतिक क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP