Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

१८ वर्षसम्म शान्ति प्रक्रियाका काम टुंग्याउन नसक्नु हामी सबैको कमजोरी : सापकोटा


काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियाका बाँकी चाँडै पूरा गर्नुपर्ने बताएका छन्। शनिबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता सापकोटाले १८ वर्ष लागिसक्दा समेत शान्ति प्रक्रियाका बाँकी काम पूरा नहुनु राष्ट्रिय कमजोरी भएको बताए।

‘१८ वर्ष लागिसक्दा पनि शान्ति प्रक्रियाको काम टुंगोमा पुर्‍याउन नसक्नु राष्ट्रिय रूपमा कमजोरी हो। यसलाई हरहालतमा टुंगोमा पुर्‍याउनुपर्छ भनेर सबैसँग अन्तरक्रिया र छलफल सम्माननीय प्रधानमन्त्रीज्यूले गरिरहनु भएको छ। एमाले, माओवादी र कांग्रेसबीच सहमति गर्न भरमग्दुर कोसिस भइरहेको छ। ढिला गरियो भने हाम्रो अन्तर्राष्ट्रिय शाख गिर्नेछ,’ उनले भने।

माओवादीका उपाध्यक्ष तथा प्रवक्तासमेत रहेका सापकोटाले चारपटक निर्वाचन भइसकेकाले शान्ति प्रक्रिया टुंगो लागिसकेको भए पनि कानुनी रूपमा लिपिबद्ध गर्न बाँकी रहेको बताए।

‘शान्ति प्रक्रिया नेपालको मौलिक हो। चार चोटिसम्म निर्वाचन भइसकेकाले कानुनले निश्चित गर्न बाँकी छ कि शान्ति प्रक्रिया टुंगो लागिसकेको छ। यति ठूलो सफलता हुँदा हुँदै सेना समायोजन भइसकेकाे छ। यसलाई निष्कर्षमा पुर्‍याएर घोषणा गर्न बाँकी छ। यो घोषणा गर्न विभिन्न खेलहरू भइरहेका छन्। समस्याहरू आइरहेका छन्। यसलाई टुंगोमा पुर्‍याउन राष्ट्रिय सहमति गराएर अन्तर्राष्ट्रिय समुदायहरूको पनि महत्वपूर्ण भूमिका हुन्छ। त्यसकारण उहाँले यहाँ गरिने कामको प्रतिबद्धता जनाउनुहुनेछ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले अमेरिका पुगेर विश्व समुदायलाई नेपालले मौलिक रूपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अगाडि बढाइरहेको जानकारी गराउने उनले बताए।

‘शान्ति प्रक्रिया टुंगोमा पुग्यो भनेर घोषणा गर्नका लागि तपाईंहरूको समर्थन चाहिन्छ भनेर प्रधानमन्त्रीज्यूले अपील गर्नुहुनेछ,’ सापकोटाले भने।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP