Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

राष्ट्रसंघ महासभामा शान्तिप्रक्रिया टुंग्याउन विश्व समुदायको सहयोग माग्नु छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटक आफ्नो अमेरिका भ्रमण विशिष्ट रहेको बताएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले पार्टीका दिवंगत नेता पोष्टबहादुर बोगटीको नवौं स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै महत्वपूर्ण एजेण्डाका कारण भ्रमण विशिष्ट बनेको बताए।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्।

महासभामा सम्बोधन गर्दै शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउन सहयोग माग्नेदेखि जलवायु परिवर्तनले पारेको नकारात्मक असरबारे अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउने तयारी रहेको उनको भनाइ छ।

‘यसपटक राष्ट्रसंघको महासभामा हाम्रा कुरा अलि बढी नै अपिल गर्नुपर्ने छ। एउटा त शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउनका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग चाहियो। हामीले नेपाल एउटा यस्तो सफल उदाहरण बन्न चाहन्छ भन्ने कुराको अपिल गर्नुछ। प्रचण्डले भने।

जलवायु परिवतर्नको नकारात्मक असरबारे पनि विश्व समुदायको ध्यानाकर्षण गराउनु जरूरी रहेको उनले बताए। जलवायु परिवर्तनले नेपालमा परेको नकारात्मक असरबारे यदि विश्वसमुदायले ध्यान नदिने हो भने नेपालका लागि मात्र होइन मानव जातिकै निम्ति दुर्भाग्यपूर्ण हुन्छ भनेर अपिल गरिने प्रचण्डको भनाइ छ।

‘जलवायु परिवर्तनको सबैभन्दा बढी असर हामीजस्ता देशहरुलाई परेको छ। हिउँ पग्लिएर हाम्रा सेता हिमाल काला हुँदै गएका छन्। बाढी, पहिरो, प्राकृतिक विपत्तिको मुख्य कारण पनि जलवायु परिवर्तन नै हो। नेपालको रक्षाका लागि विश्वसमुदाय अगाडि आउनै पर्छ भनेर अपिल गर्नु छ।’ प्रचण्डले भने, ‘नेपाल अहिले अतिकम विकसित मुलुकको अध्यक्ष राष्ट्र हो। ४७ देशको नेताका हैसियतले तिनीहरूको प्रतिनिधित्व गरेर विकास र समृद्धिका बारेमा अपिल गर्नुछ। यी कारणले राष्ट्रसंघको भ्रमण यसपटक विशिष्ट हुन पुगेको छ।’

प्रधानमन्त्री प्रचण्ड असोज ५ मा अमेरिकाबाटै चीन भ्रमणमा जाने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘कतिपय मानिसहरूलाई लाग्छ प्रधानमन्त्री यो पटक राष्ट्रसंघमा नगए नि हुन्थ्यो, सिधै चीन गए पनि हुन्थ्यो नि ! भन्ने गरेको पनि म सुन्छु कताकता तर यो पटक हामी जानै पर्छ।’ उनले भने, ‘किनभने शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको ध्यानाकर्षण गर्नु जरुरी छ। जलवायु परिवर्तनको असरप्रति विश्वसमुदायको ध्यानाकर्षण गर्न जरुरी छ। ’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP