Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

लागु औषध र अवैध औषधि सहित चार पक्राउ

किरणमान बज्राचार्य, कपिलवस्तु ।

कपिलवस्तुका दुई छुट्टा छुट्टै स्थानबाट लागु औषध र अवैध औषधी सहित चार जना पक्राउ परेका छन्।

ब्राउन सुगर र अवैध औषधी सहित सुद्धोदन गाउँपालिका– १ सोहसामा २ जना र बाणगंगा नगरपालिका वडा नम्बर-११ ओदारीमा २ जना पक्राउ परेको प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बताए।

प्रहरीले चेकजाँच गर्ने क्रममा सोहसामा रुपन्देही गैडहवा गाउँपालिका वडा नम्बर-२ जोगडाका १८ वर्षीय विष्णु गौढलाई खानतलासी गर्ने क्रममा प्लाष्टिकमा लुकाइछिपाई राखेको अवैध औषधी सहित उनी पक्राउ परेका थिए।

गौढको साथबाट स्पास्मो १० पत्तामा ७६ क्याप्सुल र लागु औषध नाइट्राभेट १ पत्ता १४ ट्याब्लेट बरामद भएको थियो। सोधपुछ गर्दा उनले लागु औषध जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वार्ड नं २ सानो नन्दनगर बस्ने वर्ष ५० को रामनाथ अहिरबाट खरिद गरेको बताएका थिए। रामनाथ अहिरको घरमा प्रहरीले छापा मार्दा घरमा उनी सुत्ने कोठा भित्र स्टिलको बाकसमा लुकाइछिपाई राखेको अवैध औषधी बरामद भएको थियो। उनको घरबाट स्पास्मो ९३२ क्याप्सुल, लागु औषध नाईट्राभेट १८ ट्याब्लेट, एसकोडिल १०० एमएलको १ सिसी र नगद रु ४४ हजार ६० रुपैयाँ प्रहरीले बरामद गर्‍यो।

त्यस्तै कपिलवस्तु बाणगंगा नगरपालिका ११ ओदारी स्थित चार नम्बर तौलिहवा सडक खण्डमा मोटरसाइकलमा सवार दुई जना खैरो हेरोइन सहित पक्राउ परेका छन्।

प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चार नम्बरबाट तौलिहवा तर्फ जाँदै गरेको लु. ८८ प.३७४६ नं.को मोटरसाइकल चालक रुपन्देही बुटवल उप महानगरपालिका .३ का २६ वर्षीय प्रताव गुरुङको साथबाट १६० मिली ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो रङको पदार्थ फेला पारीको थियो।

मोटरसाइकल पछाडि सवार वडा नम्बर १३ का ३९ वर्षीय साना बाबु सिजाली मगरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP