Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

तीज पर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्त बनाउने : पूर्वराष्ट्रपति भण्डारी

१ असोज, काठमाडौ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने बताएकी छन्।

हरितालिका तीजको शुभकामना दिँदै उनले यस्ता पर्वले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरिन्।

नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा रहेको मौलिक धार्मिक तथा सांस्कृतिक पर्व हरितालिका तीजको रहेको भन्दै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदी–बहिनीहरूमा सुख, शान्ति र सौभाग्यको शुभकामना व्यक्त गरिन्।

‘सामाजिक वातावरण जीवन्त राख्, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला–संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमालाई सदा उच्च राख्नु पर्दछ’, शुभकामना सन्देशमा उनले भनेकी छन्, ‘तीजजस्ता पर्वहरू मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनले हाम्रा चाडपर्वको मौलिक सौन्दर्यलाई नै फिका बनाउन सक्दछ।’

उनले हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा हामी सबै क्रियाशील रहन आवश्यक रहेको बताउनुभएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP