Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

समतामूलक समाज निर्माणमा तीजको महत्वपूर्ण भूमिका : राष्ट्रपति

१ असोज, काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्व नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने र यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उल्लेख गरेका छन्।

उनले नेपाली महिलाहरूको महान् चाड तीजको सुखद् अवसरमा सबै नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्ने जनाएका छन्।

राष्ट्रपति पौडेलले तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैंगिक विभेद¸ जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्भाव कायम गर्न यस पर्वले महत्वपूर्ण भूमिका निभाएको उल्लेख गर्दै उनले परापूर्व कालदेखि चलिआएको रितिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रुपमा यो चाड मनाउँदै आइरहेको आफूले महसुस गरेको बताएका छन्।

राष्ट्रपति पौडेलले आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवन शैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न यस्ता मौलिक चाडको गरिमालाई सम्मानजनक बनाई राख्नु आवश्यक रहेकामा जोड दिए। साथै उनले हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको जनाएका छन्।

राष्ट्रपति पौडेलले तीजले सबैमा खुसी र मनोरञ्जन साटासाट गरेर देशका हरेक सार्वजनिक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउन सहयोग पुगोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP