Trending
flash विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर flash ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्‍याउन नयाँ काउन्टर स्थापना स्वास्थ्य नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा समाज टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ flash गाडीको छतमा राखिएको टिन खस्दा एक जनाको मृत्यु समाज नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव खेल ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा समाज अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा समाज आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ समाज विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान

उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई


६ असोज, काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

आत्मनिर्भर, स्वावलम्बी र उत्पादन वृद्धि हुनेगरी शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्ने उनको भनाई थियो। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री राईले श्रमलाई सम्मान गर्ने भावनाको जागृत गराउन पनि सरोकारवाला सबै निकायलाई आग्रह गरे।

श्रमलाई सम्मान गर्ने भावनाको विकास नहुँदा मुलुकको शैक्षिक जनशक्ति विदेशतिर पलायन हुने अवस्था आएकाले त्यसलाई रोक्न सबै पक्षले सरकारलाई साथ दिनुपर्ने उनले बताए। मन्त्री राईले श्रम महान चीज हो भन्ने कुरा स्थापित नभएसम्म युवाहरूले मुलुक भित्रै श्रम गर्ने बानीको विकास हुन नसक्ने बताए।

‘आत्मनिर्भर, स्वावलम्बी हुने, उत्पादन अभिवृद्धि गर्ने खालको शिक्षातर्फ जानुपर्ने आवश्यकता छ । शिक्षाको परिभाषा त हामीले एकैखालको राख्न सक्ने अवस्था रहेन । कुनै बेला हलो जोत्नु शिक्षा हुँदैन थियो । कुनै बेला आरनमा बसेर घन ठोक्नु चाहिँ शिक्षा हुँदैन थियो । कुनै जमाना थियो, चोयाको डोकोडालो बन्नु शिक्षा हुँँदैन्थ्यो।’ मन्त्री राईले भने, ‘अहिले त त्यो सबै शिक्षा हो नि! प्रविधि, ज्ञान, ज्ञानबाट विज्ञान प्रयोगबाट सिद्ध हुने त्यहाँ विज्ञानबाट प्रविधि । जीवनमुखि उत्पादनमुखि शिक्षा । त्यसो भएको हुनाले शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्ने र जीवन उपयोगी, उत्पादनमुखी शिक्षामा रुपान्तरण गर्नुपर्ने आवश्यकता पनि त्यत्तिकै महत्वपूर्ण रहेको छ।’

मन्त्री राईले शिक्षा क्षेत्रमा लगानी अनुसारको प्रतिफल पनि मुलुकले पाउन नसकेको गुनासो समेत गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP