Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

कपिलवस्तुका ५ पालिकालाई साझेदारी वनले दियो पिसिआर किट

कपिलवस्तु

कपिलवस्तुका तिन साझेदारी वनले १५ लाखको कोरोना भाइरस परिक्षणका लागि पिसिआर किट वितरण गरेको छन । गौतमबुद्ध डिभिजन वन कार्यालय क्षेत्र अन्र्तगत पर्ने किट आभाव भएका शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, बुद्धभुमी नगरपालिका र विजयनगर गाँउपालिकालाई किट हस्तन्त्रण गरिएको कपिलस्तु साझेदारी वन समितिकका अध्यक्ष गंगेश तिवारीले जानकारी दिनु भयो ।

जिल्लाको कपिलवस्तु साझेदारी, शिवराज साझेदारी र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले रु १५ लाखको ३८ सय ५० पिसिआर किट खारिद गरी वितरण गरेको अध्यक्ष तिवारीले जानकारी दिनु भयो । कपिलवस्तुको पालिकामा किट आभाव भएकोले किट खरिद गरी कपिलवस्तुका पाँच पालिकालाई दिने गत जेठ ९ गते निर्णय भएको थियो । “साझेदारी बन व्यवथापन समितिको सामाजिक विकास शिर्षकको रकमबाट किट खरिद गरिएको हो ।

जिल्लामा पिसिआर किट आभाव हुदा क्वारेन्टाइनमा चाप बढेकोले साझेदारी वनले किट खरिद गरी नगरपालिकालाई दिनु धेरै राम्रो कार्य भएको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । उहाले भन्नुभयो यस आपतको समयमा वनले किट दिएकोले धेरै नै राहत भएको छ । गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत दुर्गा बहादुर कार्कीको अध्यक्षतामा जेठको ९ गते बसेको बैठकले किट खरिद गर्ने निर्णय गरेको थियो । शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, विजयनगर गाँउपालिकालाई ८ सय ५० का दरले किट वितरण गरिएको छ ।

त्यस्तै बुद्धभुमी नगरपालिकालाई ४ सय २५ वटा किट हस्तन्त्रण गरिएको छ । किट वितरण कार्यमा शिवराज साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जगदम्बा प्रसाद चौधरी, गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जानकी प्रसाद यादव, कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितका अध्यक्ष गंगेश तिवारी रहनु भएको थियो ।

त्यस्तै शिवराज साझेदारी वन व्यवस्थापन समितिका सहायक बन अधिकृत प्रेम शंकर गुप्ता, कार्यसमिति सदस्य तौलेश्वर चौधरी, गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिका सहयाक वन अधिकृत सन्जय गुप्ता, कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितका रेन्जर गणेश पुरीको समेत किट वितरण कार्यमा सहभागीता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP