Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन

काठमाडौं । विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरिएको । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उक्त उद्धार उडानबाट नेपाल आउने नेपालीले अनिवार्य रुपमा पीसीआर परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने भएकाले तालिका परिवर्तन गर्नुपरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पीसीआर रिपोर्ट समयमा आउन नसेकेको तथा अन्य प्राविधिक कारणले गर्दा सम्बन्धित देशका नेपाली दूतावासबाट अनुरोध भएकाले पूर्वनिर्धारित उडान तालिकामा केही परिवर्तन गरिएको हो । निगमले यसअघि जुन १४ देखि २५ सम्मको उद्धार उडानको तालिका सार्वजनिक गरेको थियो । निगमको पहिलो उडानमा वाइड बडी जहाजले बङ्गलादेशबाट २५८ नेपाली उद्धार गरी नेपाल ल्याएको थियो ।

जुन १५ र १६ को उडान रद्द भएको थियो । पछिल्लो पटक निगमले उडानको नयाँ कार्यतालिका बनाएको छ । निगमको उडान तालिकाअनुसार जुन १७ मा थाइल्याण्डको बैंकक रहेको छ । त्यसैगरी जुन १८ मा साउदी अरेबियाको रियाद र दुबई, जुन १९मा जापानको नारिता र बुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ ।

त्यसैगरी जुन २१ मा ढाका, दक्षिण कोरिया र बहराइन जुन २२ मा अष्ट्रेलियाको सिङ्नी र बैंकक उडान हुनेछ । त्यस्तै जुन २३ मा नारिता र माले, जुन २४ मा नारिता साउदी अरबको जेद्दा, जुन २५ मा बहराईन, जुन २६ मा मेलबर्न, जुन २७ मा मेलबर्न, जुन २९ मा तेल अभिव, साइप्रस, जेद्दा र जुन ३० मा साइप्रसका लागि उडान निर्धारण गरिएको छ ।

दूतावाससँगको समन्वयमा हुने चार्टर्ड उडानमा यात्रुले पिसिआर वा आरडिटी परीक्षण नेटेटिभ वा कोभिडको लक्षण नभएको स्वास्थ्यकर्मीको प्रमाणित प्रमाण पेश गरेको हुनुपर्नेछ । चार्टर्ड उडान यात्रुको उपलब्धताको आधारमा परिवर्तन हुनसक्ने र जहाजमा ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्टर्ड हुने निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP