Trending
अपराध लागुऔषध विभिन्न स्थानबाट १७ जना पक्राउ समाज रसुवागढी नाका हुँदै कैलाश मानसरोवर जानेको संख्या बढ्यो राजनीति कोशी प्रदेशमा कांग्रेसका मन्त्रीले लिए शपथ राजनीति गण्डकीका सबै संरचना अपांगमैत्री बनाउने नीति लिइसक्यौँ : मुख्यमन्त्री पाण्डे राजनीति रास्वपाको राष्ट्रिय भेला तयारी पूरा, १५ सय प्रतिनिधि आउने स्वास्थ्य किशोरकिशोरीको पोषण कमजोर भएपछि मन्त्रालयले थाल्यो नयाँ परियोजना समाज विदेश जाने यात्रुलाई खादा र माला नलाउन विमानस्थलको आग्रह राजनीति भन्सार अधिकृतलाई अर्थमन्त्रीको निर्देशन- राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्नुस् राजनीति समितिमा सुनुवाइ जारी, प्रस्तुति दिँदै प्रस्तावित राजदूत राजनीति प्रचण्डसहित तीन शीर्ष नेताको अर्थपूर्ण राजनीतिक भेट

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक गृहमा पुग्नु भनेको पास नगर्ने नियत : रायमाझी

१३ कार्तिक, काठमाडौँ : राष्ट्रियसभा सदस्य एवं नेपाली काँग्रेसका नेता रमेशजंग रायमाझीले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ मन्त्रीपरिषद्‍मा नभइ सिधै संसदमा पेस हुनुपर्ने बताएका छन्।

सोमवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ गृह मन्त्रालयले पहिल्यै ल्याएको भए स्वागतयोग्य हुने भए पनि अब भने गृह मन्त्रालयमा विधेयक पुर्‍याएर संसदमा लैजान नहुने बताए। उनले पुनः गृहमन्त्रालयमा विधेयक पुग्नु भनेको पास नगर्ने नियत भएको उनले बताए।

त्यस्तै राष्ट्रियसभा सदस्य एवं नेकपा एमालेका नेता देवेन्द्र दाहालले राष्ट्रिय मर्यादाको अन्योलता अन्त्य गर्न विधेयकको आवश्यकता महशुस गरिएको बताए।

उनले सरकारी एवं सार्वजनिक पदाधिकारी र देशका लागि योगदान गरेका विशिष्ट व्यक्तिहरुको मर्यादामा र अतिविशिष्ट तथा विशिष्टहरुको मर्यादामा गरिने सम्बोधन, राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग, अतिविशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने र सलामी दिने विषयहरु विधेयमा समेटिएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP