Trending
flash लुम्बिनी प्रादेशिक सडक गुरुयोजना टुंग्याउन सुझाव संकलन सुरु राजनीति लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन समाज पशुपति विकास कोषले नै गौशालास्थित धर्मशालाको व्यवस्थापन गर्ने राजनीति मन्त्रिपरिषद्‌का यी हुन् पछिल्ला २१ निर्णय (सूचीसहित) समाज काठमाडौंबाट ओखलढुंगा प्लेन जान थाल्यो, भाडा कति? समाज ब्रोइलरको मासुमा बिक्रेताको मनपरी मूल्य, किलोमा ८० रुपैयाँसम्मको फरक राजनीति हवाई यात्रा सहज बनाइरहेको छु : मन्त्री पाण्डे अन्तर्राष्ट्रिय इजरायली आक्रमणबाट लेबनानमा विस्थापितको संख्या झण्डै १२ लाख पुग्‍यो समाज लाभग्राहीहरूको विवरण तत्काल पठाउन गृहमन्त्रीको निर्देशन अन्तर्राष्ट्रिय इजरायली आक्रमणको विरोधमा बगदादमा प्रदर्शन

सरकारको सक्रियताले दशैँमा ठूला सडक दुर्घटना भएनन् : मन्त्री ज्वाला


१३ कार्तिक, काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले तीनै तहका सरकारको सक्रियताले दशैंमा ठूला सडक दुर्घटना हुन नदिएको दाबी गरेका छन्।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन्। उनले ठूलो दुर्घटना नहुने गरी दशैंमा गाउँघर जाने यात्रुहरुलाई यातायात व्यवस्था सहज बनाउन सफल भएकोमा सरकार सन्तुष्ट रहेको बताए।

उनले सडक पूर्वाधार र यात्रु ठगिने समस्या समाधान गर्न स्थानीय,प्रदेश सरकारको महत्वपूर्ण भूमिकाले पनि यातायात व्यवस्था सहज हुन सकेको बताए।

उनले विगतमा भन्दा पछिल्लो समय यात्रुहरु समेत सचेत रहेकाले तत्काल समस्याको सूचना आउने भएकाले पनि समस्या समाधान गर्न सहज भएको पनि बताए।

मन्त्री ज्वालाले यातायात व्यवस्था सहज बनाउन मिडियाहरुले पनि सहज बनाएको उल्लेख गरे। उनले वर्षको दशैँमा सबैतिरको सचेतता र सक्रियताले गर्दा यसपटक चाडपर्वमा यात्रुहरुलाई सहज रुपमा यातायात मार्फत गाउँघर पुग्ने र काठमाडौं फर्कने वातावरण बनेको बताए।

उनले सरकारको ध्यान चाडपर्वमा यात्रुहरुले सास्ती र क्षति भोग्न नपरोस् भन्नेमा केन्द्रित रहेको भन्दै ठूलो समस्या भोग्नुपर्ने अवस्था सरकारले आउन नदिएको बताए।

उनले सडक पूर्वाधारका धेरै गुनासाहरु रहेको भन्दै नारायणघाट,पोखरा मुङलिन सडक खण्डका गुनोसा कम भएको बताए। उनले सरकारले उक्त सडक खण्डहरुमा तत्काल अनुगमन गरी वैकल्पिक सडकहरुबाट यातायात सहज रुपमा सञ्चालन गर्ने तयारीमा रहेको बताए।

उनले भने, ‘यो वर्षको दशैँमा यातायात व्यवस्था सहज बनाउन प्रदेश र स्थानीय सरकारको सहयोगमा सहज भयो। तत्काल हरेक क्षेत्रको सूचना आउने भएकाले सबैसँग तत्काल समन्वय गरी समस्या समाधान गर्न सहज भएको छ। यातायात व्यवस्था सहज बनाउन मिडियाहरुले पनि सहज बनायो। पहिलेभन्दा अहिले यात्रुहरु पनि सचेत भएकाले सिधै मन्त्रीलाई नै फोन समेत गर्नु भयो। यो वर्षको दशैँमा सबैतिरको सचेतता र सक्रियताले गर्दा यसपटक चाडपर्वमा यात्रुहरुलाई सहज रुपमा यातायात मार्फत गाउँघर पुग्ने र काठमाडौं फर्कने वातावरण बनायौं। सरकारको ध्यान चाडपर्वमा यात्रुहरुले सास्ती र क्षति भोग्न नपरोस् भन्ने थियो केही समस्या भयो होला तर ठूलो समस्या भोग्नुपर्ने अवस्था सरकारले आउन दिएन।’

उनले चक्रपथ सडक निर्माण ढिलाको विषयमा सरकारले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गरेको बताए।

उनले उक्त सडक निर्माण एक वर्ष लाग्ने समाचारहरु आए पनि यति लामो समय नलाग्ने बताए। उनले उक्त क्षेत्रका संसदहरुसँग बसेर छुटै छलफल गर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP