Trending
राजनीति मानव-वन्यजन्तु द्वन्द्व रोक्ने कार्यक्रम ल्याउनुपर्‍यो : कृषिमन्त्री अधिकारी समाज विनयी खोलाको पुल भाँचिएको घटनाका दोषीलाई कारबाही गर्न ट्रक व्यवसायीको माग राजनीति नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को ? परराष्ट्रमन्त्रीलाई सांसदहरूको प्रश्न राजनीति फास्ट फुड र रेष्टुरेण्टले गुणस्तरमा विशेष ध्यान दिनुपर्‍यो : सुनिता डंगोल समाज बाढी-पहिरोले ३८१ सडक पूर्वाधारमा क्षति, १७४ सरकारी भवन बनाउनुपर्ने समाज देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु राजनीति चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन : परराष्ट्रमन्त्री राणा राजनीति रविको मुद्दामा सुरु भयो थुनछेक बहस राजनीति कुनै दल फुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री अन्तर्राष्ट्रिय भारतीय सेनासँगको मुठभेडमा कम्तीमा पाँच नक्सलवादी विद्रोहीको मृत्यु

तनहुँमा साढे ६ हजारलाई डेंगु


१४ कार्तिक, तनहुँ : जिल्लामा दैनिक डेंगु संक्रमितको संख्या बढेको छ। दुई महिनाको अवधिमा ६ हजार ४८४ संक्रमित भएका छन्।

स्वास्थ्य कार्यालय तनहुँका अनुसार संक्रमितमध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष रहेका छन्। कुल संक्रमितको ८४ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।

व्यास नगरपालिकामा सबैभन्दा धेरै वडा नम्बर १ मा एक हजार ३८६ जना रहेका छन्। वडा नम्बर २ मा एक हजार ३२८ जना संक्रमित भएका छन्। हालसम्म यहाँ डेङ्गुबाट चारजनाको मृत्यु भएको छ।

डेंगुसंक्रमण नियन्त्रणका लागि सबै स्थानीय तहलाई खोज र नष्ट गर अभियान सञ्चालन गर्न परिपत्र गरिएको अधिकारीको भनाइ छ। उनका अनुसार पालिकामा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउन सबै पालिकामा समन्वय गरी कमी हुन नदिने व्यवस्था मिलाइएको छ।

स्थानीय अस्पतालको दक्षता, क्षमताअनुसार उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै बिरामीलाई उपचार गर्ने र जटिलता उत्पन्न हुन सक्ने भएमा बहुविशेषज्ञ चिकित्सकको रेखदेखमा उपचार गर्नुपर्ने देखिएमा सुविधासम्पन्न अस्पतालमा समन्वय गरी पठाउन सबै अस्पताललाई निर्देशन दिइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP