Trending
समाज पोखरा हिँडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना flash कृष्णनगर विद्युत केन्द्रद्धारा लक्ष्य अनुसारको राजस्व संकलन गर्न सफल flash नेकपा एमाले कपिलवस्तुले मनायो वृक्षरोपण गरि पुष्पलालकाे ४६ औँ स्मृति दिवस flash करोडौका सोलार भन्सार छुट गराउन चलखेल राजनीति प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ‘ह्वीप’ राजनीति मेलम्ची नआएसम्म वैकल्पिक माध्यमबाट काठमाडौँवासीलाई पानी खुवाउनू : मन्त्री यादव समाज ढोरपाटनको प्रकृतिसँग रम्न चाहने पर्यटक सडक सास्तीले बीचैबाट फर्कन्छन् समाज मामाघर गएका बालकको सेप्टिक ट्यांकीमा खसेर ज्यान गयो राजनीति भारतसँगको असमान सम्झौता नसच्याएसम्म नेपालको विकास हुँदैन : डा.बाबुराम समाज पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न उद्योगमन्त्री अस्पतालमा

राष्ट्रपतिबाट आममाफी पाएर पुन: अपराध कर्ममा, ज्यान मार्ने धम्की दिँदै रकम मागेको आरोपमा पक्राउ

१५ कार्तिक, काठमाडौं : राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलबाट छुटेका व्यक्ति अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका छन्।

भरतपुर महानगरपालिका–९ का ५५ वर्षीय रामचन्द्र थापालाई चितवन प्रहरीले मंगलबार भरतपुर अस्पतालको नयाँ गेट अगाडिबाट पक्राउ गरेको हो।

थापामाथि भरतपुर–१ का सोमराज सुवेदी र उनका छोरालाई अपहरण गरी मारिदिने धम्की दिएको आरोप छ। भरतपुरमा मेडिकल सञ्चालन गर्दै आएका सुवेदीलाई थापाले फोन गरी २५ लाख नदिए छोराको अपहरण गर्ने धम्की दिएको प्रहरीले बताएको छ।

पक्राउ परेका थापाविरूद्ध मंगलबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

पक्राउ परेको थापालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै चितवन प्रहरीले बारम्बार अपरिचित मोबाइल नम्बरबाट फोन गरी अपहरणको धम्की दिएको जानकारी दिएको छ । प्रवक्ता पण्डितका अनुसार आरोपित थापाले हिन्दी भाषामा बोलेर सुवेदीलाई धम्क्याउने गरेका थिए।

अभियुक्त थापालाई चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ वर्ष कैद तोकिएको थियो। गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा ४ वर्ष ६ महिना ३ दिन कैद भुक्तान गरी भरतपुर कारागारबाट छुटेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP