१५ कार्तिक, काठमाडौं : नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज फर्कँदैछन्।
उनी विहान ९ बजे कतार एयरवेजको विमानबाट दोहातर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। गत शनिबार राति नेपाल आएका महासचिव गुटेरेसले विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गर्नुका साथै प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गरे।
उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षसहित विभिन्न दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट गरेका थिए। त्यसबाहेक उनले सगरमाथा आधार शिविर, अन्नपूर्ण बेसक्याम्प, गौतमवुद्धको जन्मस्थल लुम्बिनी, पाटन दरबार स्क्वायर लगायतका स्थलको अवलोकन भ्रमण पनि गरे।
भ्रमणका क्रममा महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया टुंगोमा पु¥याउन राष्ट्रसंघ सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे। साथै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरको क्षतिपूर्ती विकसित मुलुकबाट पाउनुपर्नेमा पनि उनको जोड थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया