Trending
राजनीति सरकारमाथि खनिए विपक्षी दल, विशेष अधिवेशन माग्‍ने सम्मको चेतावनी राजनीति प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट राजनीति खुट्टा नकमाई ढुक्कले जलविद्युत्‌मा लगानी गर्नुस् : ऊर्जामन्त्री खड्का राजनीति राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण राजनीति फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्नुपर्छ : मन्त्री भण्डारी राजनीति विपक्षी दलहरूको बैठक : सरकारमाथि दबाब बढाउन संयुक्त वक्तव्‍य राजनीति राष्ट्रपति पौडेल आज मकवानपुर आउँदै समाज ‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायले जनायो आपत्ति flash सूचीकृत पसलको बिमा र संघको पैसा फिक्स गर्छु :  अध्यक्ष शर्मा राजनीति प्रधानमन्त्री ओलीले उद्‌घाटन गरे स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन

लागूऔषध नाइट्रोभ्याटसहित पोखराबाट दुई जना पक्राउ

१६ कार्तिक, पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दुई जनालाई फरक फरक स्थानबाट नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–१७ हरियाली टोलबाट २४ वर्षीय सुनिल पौडेललाई नियन्त्रणमा लिएको हो।

स्याङ्जाको आँधिखोला गाउँपालिका–५ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१७ बरालफाँट बस्ने पौडेललाई हरियाली टोलमा शङ्कास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट नाईट्रोभ्याट १० लेखेको ५३ चक्की लागूऔषध फेला पारेको हो। पक्राउ परेका पौडेलमाथि कास्की जिल्ला अदालतबाट अनुमति लिई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।
यस्तै जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले स्याङ्जाकै वालिङ नगरपालिका–५ स्थायी घर भएका २३ वर्षीय किशोर गुरुङलाई पनि नियन्त्रणमा लिएको छ।

पोखरा महानगरपालिका–७ माछापुच्छ्रे मार्ग बस्ने गुरुङ बस्दै आएको कोठामा खानतलासी गर्दा नाईट्रोभ्याट १० लेखेको दुई हजार तीन सय ४० चक्की फेला पारिएको कास्की प्रहरीले बताएको छ। गुरुङमाथि थप अनुसन्धानको लागि कास्की जिल्ला अदालतबाट अनुमति लिएर प्रक्रिया चलिरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP