Trending
समाज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा योग विज्ञान शिविर राजनीति मेलम्ची आयोजनाले हेडबक्स सार्ने प्रक्रिया शुरु गर्‍यो समाज दुबईको रोजगारी छाडेर गाउँमै घाँसखेतीमा रमाएका गोपाल आर्थिक एक वर्षमा ६० करोड बढीको करेन्ट चाउचाउ विदेश निर्यात राजनीति गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ संयुक्त इजलासमा आर्थिक निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्छौँ : मन्त्री महासेठ राजनीति औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह समाज जंगली च्याउ खाँदा पाँचजना बिरामी खेल युरोकपमा इङ्ल्याण्ड र नेदरल्याण्ड्स विजयी खेल सुपर एटको समीकरण पूरा

रिगलको आममाफी बदर : फेरि पक्राउ गरेर थुन्‍न सर्वोच्चको परमादेश

१६ कार्तिक, काठमाडौं : सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णय बदर गर्ने आदेश दिएको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहीबार निर्णय सुनाएको हो।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सरकारको सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए।

ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारतीले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।

गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि मंगलबार र बुधबार सुनुवाइ निर्धारण भएको थियो।

गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढकाललाई आममाफी दिन सिफारिस गर्नुपर्नाको कारणसहितको सम्पूर्ण सक्कल मिसिल असोज २४ गतेभित्र अदालतमा प्रस्तुत गर्न आदेश दिएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP