Trending
flash लुम्बिनी प्रादेशिक सडक गुरुयोजना टुंग्याउन सुझाव संकलन सुरु राजनीति लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन समाज पशुपति विकास कोषले नै गौशालास्थित धर्मशालाको व्यवस्थापन गर्ने राजनीति मन्त्रिपरिषद्‌का यी हुन् पछिल्ला २१ निर्णय (सूचीसहित) समाज काठमाडौंबाट ओखलढुंगा प्लेन जान थाल्यो, भाडा कति? समाज ब्रोइलरको मासुमा बिक्रेताको मनपरी मूल्य, किलोमा ८० रुपैयाँसम्मको फरक राजनीति हवाई यात्रा सहज बनाइरहेको छु : मन्त्री पाण्डे अन्तर्राष्ट्रिय इजरायली आक्रमणबाट लेबनानमा विस्थापितको संख्या झण्डै १२ लाख पुग्‍यो समाज लाभग्राहीहरूको विवरण तत्काल पठाउन गृहमन्त्रीको निर्देशन अन्तर्राष्ट्रिय इजरायली आक्रमणको विरोधमा बगदादमा प्रदर्शन

मधेशमा सीमास्तम्भको पुनःनिर्माण गर्दै सशस्त्र प्रहरी

१६ कार्तिक, जनकपुरधाम : नेपाल सशस्त्र प्रहरी बलले सीमानाकाका सीमास्तम्भको पुनःनिर्माण, मर्मत सम्भार र रंगरोगनको काम थालेको छ।

मधेश प्रदेशका आठवटै जिल्लाको भारतीय सीमानाकामा रहेको सीमास्तम्भको पुनःनिर्माण, मर्मत सम्भार र रंगरोगनको काम बिहीबार धनुषादेखि सुरु भएको छ।

मधेशका करिब चार हजारभन्दा बढी सीमास्तम्भ रहेकोमा अहिलेलाई १ हजार सीमास्तम्भको मर्मत र रंगरोगनको काम सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालयका प्रमुख दीपेन्द्र शाहले बताए।

धनुषाका मात्र १५५ सीमास्तम्भको मर्मत र रंगरोगन हुने सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक दिनेश मल्लले जानकारी दिए। धनुषाको सीमावर्ती नगरपालिका नगराईन नगरपालिका-२ जटही नाका छेउको सिमा नं. २८५/४ बाट उक्त कार्यको शुभारम्भ गरेका छन्।

२०७७ साल साउन १९ गतेको मन्त्रिपरिषद् निर्णयवाट सीमाका ती स्तम्भहरूमध्ये बिजोर नम्बरका सीमास्तम्भहरूको पुनःनिर्माण, मर्मत सम्भार रंगरोगनको काम नेपालले गर्ने निर्णय बमोजिम उक्त काम थालनी भएको हो।

यसले सीमास्तम्भको मात्र नभई दुई देशकै सुरक्षा, सद्भाव र प्राविधिक जटिलताको समाधान हुने सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालयका प्रमुख दीपेन्द्र शाहले बताए।

कार्यक्रममा दुवैतर्फका सीमा सुरक्षाबलका जिल्ला प्रतिनिधिहरू पनि सहभागी थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP