१६ कार्तिक, काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देश टाइटनिक बोट जस्तै डुबिरहेको बताएका छन्।
बिहीबारको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गरे।
उनले प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्नेकुरा राम्रो नभएको बताए। उनले देशमा जनताका लागि लोकतन्त्र नभएको बताए।
उनले अँध्यारो कोठामा तीनजना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने बताए। उनले चियापान समारोहमाम बोलाएर नयाँलाई सक्ने भाषण दिनु ठूला दलको लाचारीपन भएको बताए।
उनले भने, ‘एउटा जनप्रतिनिधि आवाज उठाउँदा पक्राउ पर्छ भने यो देशमा कहाँ छ लोकतन्त्र? प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ पर्छ कोही भने यो देशमा जनताका लागि कहाँ छ लोकतन्त्र? सत्ता पक्षकै मान्यज्युको लागि यहाँ लोकतन्त्र छैन। आम जनताको लागि लोकतन्त्र कहाँ छ? संशोधन के हुने ? कुन विधेयक पारित हुने त्यो त अँध्यरो कोठामा तीन जना नेताले गर्छन्। ती तीन नेता सार्वभौम सत्ता सम्पन्न भए की यो संसद्? यस्तै संसद चल्ने हो भने व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार छन्। ३४ वर्षदेखि कहाँ पुगिसक्यो देश ? त्यो हेरेका छैनौँ। तर नयाँ शक्तिलाई लक्षित गर्छौं, चियापान समारोहमा बोलाउँछौँ र त्यहाँ भन्छाँै यी नयाँलाई त हामी भष्म पार्दिन्छौँ भन्छौँ कस्तो खालको आक्रोश हो ? आफू भित्र समीक्षा गर्न सक्नुहुन्न। जनताको आवाज उठेपछि त्यो सुन्नुपर्छ। जनतको कुरा उठेपछि बत्ती बल्छ, लामो भाषण गर्दा केही हुँदैन थियो। देश टाइटनिक डुबे जस्तै डुब्दैछ। यो डुबाउने चालकहरु नै हुन्। जसले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेका छन्। आफू सुरक्षित रुपमा टाइटनिक बोटमा जोगिरहेका छन्।’
अध्यक्ष राउतले संसद यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया