Trending
राजनीति नेपालमा बसेर अध्ययन गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्छ : सचिव काफ्ले समाज शान्ति प्रक्रियामा दमननाथ र पद्मरत्नको योगदान बिर्सन सकिँदैन : परराष्ट्रमन्त्री श्रेष्ठ राजनीति बलिया दललाई पाखा लगाए नेपालको राजनीति सही बाटोमा जान्न : महासचिव पोखरेल राजनीति हामीले बुर्जुवाहरूसँग कम्परमाइज गरेका छौं : प्रचण्ड अन्तर्राष्ट्रिय इटालीको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो राजनीति समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुनेगरी बजेट ल्याएका छौँ : अर्थमन्त्री राजनीति तानसेन नगरले ल्यायो पौने दुई अर्बको बजेट अन्तर्राष्ट्रिय भारतद्वारा ओमानसँग स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी समाज डेंगी नियन्त्रण गर्न पानी पोख्‍ने अभियान राजनीति एमालेको एक मात्र लक्ष्य मिसन ०८४ हो : मन्त्री चौधरी

परराष्ट्रमन्त्रीले भेटे एमसीसीकी सीई‌ओलाई, परियोजना समयमै पूरा गर्ने प्रतिबद्धता

१७ कार्तिक, काठमाडौं : अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले एमसीसी परियोजना समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटसँग वाशिङ्टन डीसीमा भएको भेटमा मन्त्री साउदले निर्धारित समयमा नै परियोजना पूरा हुने प्रतिबद्धता जनाएका हुन्।

परियोजना पाँच वर्षमा नै सम्पन्न गर्ने विषयमा एमसीसीका अधिकारीसँग छलफल भएको वाशिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ।

भेटमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशकुमार ढकाल, दूतावासका अधिकारीलगायत एमसीसीका उपाध्यक्ष जोनाथन ब्रुक्स, अमेरिकी राजदूत डीन आर थम्सन उपस्थित थिए।

गत भदौ १२ गतेदेखि कार्यान्वयन भएको ५० करोड अमेरिकी डलर अनुदानको उक्त परियोजनामा नेपालको विद्युत् आपूर्ति र यातायात पूर्वाधार निर्माण गर्ने समझदारी भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP