Trending
राजनीति सिरोहियालाई तीन दिन हिरासतमा राख्‍न अदालतको अनुमति समाज महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार छात्रवृत्ति प्रदान आर्थिक कैलालीमा आलु उत्पादन बढ्यो समाज जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद शुरु राजनीति जसपा नेपालको केन्द्रीय समिति निर्वाचन कार्यतालिका तयार राजनीति कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ flash कपिलवस्तुमा ट्रक र मोटरसाइकल ठोक्किदा एकको मृत्यु अन्तर्राष्ट्रिय पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु अपराध पशुपतिनाथको भेटी चोर्ने कोषकै कर्मचारी, आठ जना पक्राउ खेल फाइनल प्रवेशका लागि आज कोलकाता र हैदरावाद भिड्दै

पाकिस्तानमा सुरक्षाकर्मीको गाडीमाथि आक्रमण, १४ सैनिकको मृत्यु

१८ कार्तिक, एजेन्सी

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ।

नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै एक सैनिक अधिकारीले १४ जना सैनिक मारिएको बताएका हुन्। घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीलाई जानकारी सँग भने, ‘तटीय राजमार्गमा सुरक्षा बलको काफिलामाथि आक्रमण भएपछि विवरण संकलन र आवश्यक प्रतिक्रियाका लागि हाम्रो टोली त्यस क्षेत्रमा पुगेको छ।’

एएफपीलाई प्राप्त तस्विरमा जलेका शव सडकभरि छरिएका देखिएका छन् तर यसबारे कसैले जिम्मेवारी लिइसकेको छैन। इरानको सीमादेखि कराँचीसम्मको समुद्री तटलाई पछ्याउने राजमार्गमा रहेको बलुचिस्तानको माछा मार्ने शहर पास्नी नजिकै सो आक्रमण भएको हो।

बलुचिस्तानमा जातीय बलोच गुरिल्लाहरूले प्रान्तको समृद्ध ग्यास र खनिज संसाधनको दोहनको आरोप लगाउँदै सरकारसँग दशकौंदेखि संघर्ष गर्दै आएको छ। बलोच समुदायले लामो समयदेखि प्रान्तको मुनाफाको उचित हिस्सा नपाएको गुनासो गर्दै आएका छन्। यसै अधिकारका लागि संघर्ष गर्ने स्थानीयहरूबीचबाट पृथकतावादी समूहहरू जन्मिएका छन्।

यसैबीच पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा प्रहरी भ्यानलाई लक्षित गरी भएको बम विष्फोटमा परी पाँच सर्वसाधारणको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP