अछाममा टेम्पो दुर्घटना, दुईजनाको मृत्युु, चार घाइते

३० कार्तिक, अछाम : मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्।

कमलबजार नगरपािलकाबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ५५४५ नम्बरको टेम्पो गएराति दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्युु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद र लक्ष्मण थापा तथा वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन् ।​ कमलबजार स्वास्थ्यचौकीमा उनीहरूको उपचार भइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP