Trending
समाज कालिकोटमा जिप दुर्घटना नौ जनाको मृत्यु राजनीति रविलाई अझै १३ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति राजनीति सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौला नियुक्त समाज चीन र अमेरिकाका लागि नियुक्त भए राजदूत समाज मृत्युमार्ग जस्तै बने कर्णालीका सडक, भिआइपीलाई बस चढेर हिँड्न आग्रह राजनीति अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छ : सभापति देउवा राजनीति सहकारी ठगबाट पैसा असुलेर पीडितलाई फिर्ता गर्छौं : मन्त्री यादव समाज मिथिलाञ्चलमा सामा चकेवाको रौनक शुरु अन्तर्राष्ट्रिय इजिप्टले जर्मनीबाट ६७ कलाकृति बरामद गर्‍यो राजनीति पुलिसको पञ्जाबाट बोले लीलाबल्लभ – अनुसन्धानमा सघाउन काठमाडौं हिँडेँ

मिथिला क्षेत्रमा छठपर्वको तयारी शुरु

३० कार्तिक, काठमाडौं : मिथिला क्षेत्रमा मनाइने छठपर्वको तयारी शुरु भएको छ । दीपावली सकिएसँगै तराई–मधेशवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त छन्।

अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेशका प्रमुख बजारमा चहलपहल बढेको छ। कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत् रूपमा आरम्भ हुन्छ। छठ पूजाका लागि आवश्यक सामग्री, हरिया तरकारी र फलफूल किन्नेको बजार क्षेत्रमा निकै भीडभाड देखिएको छ।

छठी मातालाई स्याउ, केरा, सुन्तला, नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट आदि प्रसादको रुपमा चढाइन्छ। यस समयमा माटो तथा बाँसका सामग्री पनि खरिद गर्ने परम्परा छ। जनकपुरको गंगा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउलगायतका पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ।

यो वर्ष छठ पर्वको मुख्य दिन मंसिर ३ गते परेको छ। भोलि यो पर्व विधिवत् आरम्भ हुँदै छ। छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ। यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP