Trending
समाज चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढ्यो समाज वृद्धाको हत्याका अभियुक्त साढे दुई वर्षपछि पक्राउ आर्थिक सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण राजनीति बैंकको ऋण नतिर्न उक्साउनेले अर्थतन्त्र नै स्लो बनाए : गभर्नर अन्तर्राष्ट्रिय घट्दो जनसंख्या चुनौती कि अवसर? राजनीति बैंक सबल र प्रभावकारी हुनुपर्छ : अर्थमन्त्री राजनीति कोशी र कर्णालीको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदै आर्थिक बाँकेका किसानसँग खाद्यले किन्यो ३२ हजार क्विन्टल धान अन्तर्राष्ट्रिय युद्धविरामपछि गाजामा ३ इजरायली बन्धक परिवारसँग पुगे राजनीति भीम रावललाई साथ दिने भन्दै ५९ जनाले छाडे एमाले

छठ सुरु, पहिलो दिन आज ‘नहाए खाए’

१ मंसिर, काठमाडौं : सूर्य उपासनाको पर्व छठ आजदेखि सुरु भएको छ। चार दिनसम्म मनाइने छठको पहिलो दिन आज व्रतालुहरू नुहाएर चोखो हुन्छन्।

आजको दिनलाई अरवा अरवाईन वा नहाए खाए भनिन्छ। दोस्रो दिन शनिवार खरनाअन्तरर्गत उपवास बसी साँझ चन्द्रमालाई साक्षी राखेर सूर्यलाई आहृवान गरिन्छ।

तेस्रो दिन आइतबार पर्वमा प्रयोग हुने विभिन्न किसिमका परिकारहरू घरमै बनाएर साँझ पवित्र जलाशयमा गएर पूजाआजा गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य दिने चलन छ।

यसलाई ‘संझियाघाट’ भनिन्छ। अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ व्रत समापन हुन्छ।

छठ पर्वका व्रतालुका लागि छठको घाट सजाउन तराईका स्थानीय जोडतोडका साथ लागेका छन्।

विभिन्न खोलानाला, जलाशय र पोखरीको किनारमा गरिने छठको अनुष्ठानका लागि बाराका पोखरी र खोलानालाहरू सजाउने काम भइरहेको छ।

पूर्वी तराईका झापा, मोरङ र सुनसरीका विभिन्न नदी, पोखरी तथा तलाहरूमा घाटहरूको सरसफाइ तथा सजावटको कामलाई तीव्रता दिइएको आयोजकहरूले जनाएका छन्।

शुद्ध, सात्त्विक र पवित्र भई गरिने सूर्य पूजाको उपासना छठको व्रत गर्नाले आफ्ना मनोकामना पूरा हुने र सुखशान्ति आउने जनविश्वास छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP