Trending
राजनीति प्रविधिका उद्यमी र विज्ञसँग प्रधानमन्त्री : घरबाटै एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने राजनीति सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गछौँ : गृहमन्त्री लेखक स्वास्थ्य बिरामीको चाप घटाउन मन्त्री पौडेलले गरे सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव समाज टेलिभिजनहरूको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी राजनीति देउवासँग एनआरएनए अध्यक्ष केसीको गुनासो राजनीति प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ राजनीति कांग्रेस‚ माओवादी र रास्वपा सांसदले मागे लेखा समिति सभापति पोखरेलको राजीनामा राजनीति संविधान बमोजिम आएको अध्यादेश कसरी अलोकतान्त्रिक भयो ? : गोकुल बास्कोटा राजनीति मधेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु राजनीति एमाले सचिवालय बैठक दिउँसो ४ बजे बस्दै

चिसोले थप एक भूकम्पपीडितको मृत्यु


२ मंसिर, काठमाडौँ : जाजरकोटको छेडागाड नगरपालिका-१३ मा चिसोका कारण भूकम्पपीडित एक महिलाको ज्यान गएको छ। पालमुनि बस्दै आएकी ६३ वर्षीया मनसरी कामीको आज बिहान मृत्यु भएको नगरप्रमुख रत्नबहादुर खड्काले थाहा खबरलाई जानकारी दिए।

उनका अनुसार मनसरा दमकी रोगी थिइन्। योसँगै चिसोले ५ जना भूकम्पपीडितको ज्यान गएको छ भने कात्तिक १७ गते गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १५७ पुगेको छ। चिसो बढेसँगै पालिकामा भूकम्पपीडितहरू विरामी पर्न थालेको नगरप्रमुख खड्काले बताए।

यस पालिकामा अहिले ३ हजार ५ सय परिवार बाहिर बसिरहेकामा १ हजार १ सय परिवारलाई मात्रै त्रिपाल दिन सकिएको नगरप्रमुख खड्काले जानकारी दिए।

त्यस्तै ७ सय परिवारलाई कम्बल वितरण गरिएको छ। भूकम्प प्रभावितको व्यवस्थापनमा समस्या भइरहेको उनले बताए। अहिले त्रिपाल र कम्बल अभाव रहेको बताउँदै उनले सहयोगका लागि सबैमा अपिल पनि गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP