Trending
राजनीति सरकारमाथि खनिए विपक्षी दल, विशेष अधिवेशन माग्‍ने सम्मको चेतावनी राजनीति प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट राजनीति खुट्टा नकमाई ढुक्कले जलविद्युत्‌मा लगानी गर्नुस् : ऊर्जामन्त्री खड्का राजनीति राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण राजनीति फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्नुपर्छ : मन्त्री भण्डारी राजनीति विपक्षी दलहरूको बैठक : सरकारमाथि दबाब बढाउन संयुक्त वक्तव्‍य राजनीति राष्ट्रपति पौडेल आज मकवानपुर आउँदै समाज ‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायले जनायो आपत्ति flash सूचीकृत पसलको बिमा र संघको पैसा फिक्स गर्छु :  अध्यक्ष शर्मा राजनीति प्रधानमन्त्री ओलीले उद्‌घाटन गरे स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन

बन्धक मुक्त गर्न हमास सहमतिनजिक पुगेको छ : बाइडेन

५ मंसिर, एजेन्सी
अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायली बन्धकलाई हमासको कब्जाबाट मुक्त गर्ने विषयमा दुवै पक्ष सहमतिनजिक पुगेको बताएका छन्। इजरायलले गाजामा जारी आक्रमण रोक्ने र हमासले बन्धकलाई मुक्त गर्नेबारे छलफल भइरहेको उनले बताएका हुन्।

‘थ्यांक्स गिभिङ’ कार्यक्रममा एक पत्रकारको प्रश्नमा बाइडेनले सहमतिको प्रयास भइरहेको र त्यो निकट रहेको प्रतिक्रिया दिएका हुन्। रेडक्रस अन्तर्राष्ट्रिय समितिको सहजीकरणमा यसअघि हमासले केही बन्धकलाई छोडेको थियो। अहिले उक्त संस्थाका प्रमुख र हमास प्रमुख कतारमा रहेकाले दुईबीच भेट हुने र बन्धक छुटाउनेबारे थप प्रगति हुने अपेक्षा गरिएको छ।

यसैबीच गाजाको अल–शिफा अस्पतालबाट अन्तिम समयमा उद्धार गरिएका ३१ नवजात शिशुमध्ये २८ जनालाई इजिप्ट लगिएको छ। विश्व स्वास्थ्य संगठनले तीमध्ये १२ शिशुमा गम्भीर संक्रमण रहेकाले कायरोका अस्पताल लगिएको बताएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार ७ अक्टोबर यता जारी युद्धमा ५ हजार ६०० बालबालिकासहित १३ हजार ३०० को मृत्यु भइसकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP