६ मंसिर, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको एक पार्टी प्यालेसबाट महिला लखेटिएको घटनामा युवा संघको कुनै संलग्नता नरहेको बताएका छन्।
बुधबार पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई बदनाम गराउन खोजिएको दाबी गरे।
‘आज एउटा भिडियो आएपछि युवा संघलाई सोधेको थिएँ, युवा संघले पनि भिडियो हेरेर थाहा पायौं भन्छ।’ ओलीले भने, ‘यो आफैं बोक्सी आफैं धामी भनेजस्तै हुन सक्छ। तर युवा संघको क्रियाकलाप होइन र हुँदैन भनेर मलाई भनेको छ।’
दुर्गा प्रसाईंको कार्यक्रममा सहभागी हुन आएका महिलाहरूलाई एक पार्टी प्यालेसमा सुतिरहेको अवस्थामा मध्यराति लखेटिएको भिडियो सामाजिक संजालमा भाइरल छ। घटनामा युवा संघका पदाधिकारीहरू नै संलग्न रहेको दाबी गरिएको छ।
तर ओलीले भने एमालेको बदनाम गर्ने र चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको जिकिर गरे।
‘एमाले कसैले पनि गल्ती वा बदमासी गर्छ भने नो एक्स्क्यूज । तर एमालेलाई आलोचित लाञ्छित र बदनाम गर्ने षडयन्त्र गरिन्छ भने त्यो स्वीकार्य हुँदैन।’ ओलीले थपे।
उनले आफ्ना कार्यकर्तालाई ‘खोइ यस्तो आयो…’ भनेर प्रचार गर्दै नहिँड्न र तत्काल प्रतिवाद गर्न पनि आग्रह गरे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया