Trending
समाज कालिकोटमा जिप दुर्घटना नौ जनाको मृत्यु राजनीति रविलाई अझै १३ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति राजनीति सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौला नियुक्त समाज चीन र अमेरिकाका लागि नियुक्त भए राजदूत समाज मृत्युमार्ग जस्तै बने कर्णालीका सडक, भिआइपीलाई बस चढेर हिँड्न आग्रह राजनीति अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छ : सभापति देउवा राजनीति सहकारी ठगबाट पैसा असुलेर पीडितलाई फिर्ता गर्छौं : मन्त्री यादव समाज मिथिलाञ्चलमा सामा चकेवाको रौनक शुरु अन्तर्राष्ट्रिय इजिप्टले जर्मनीबाट ६७ कलाकृति बरामद गर्‍यो राजनीति पुलिसको पञ्जाबाट बोले लीलाबल्लभ – अनुसन्धानमा सघाउन काठमाडौं हिँडेँ

राष्ट्रियसभा सदस्य निर्वाचन : मतदाताको मतभार फेरियो

६ मंसिर, काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको मतभार परिवर्तन गरेको छ।

आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जनगणना २०७८ को कूल जनसंख्यालाई आधार मानेर मतभार परिवर्तन गर्ने निर्णय गरिएको जनाएको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउँछन्।

प्रदेशसभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १९ मतभार कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यसअघि प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १८ कायम गरिएको थियो।

राष्ट्रिय जनगणना अनुसारको कूल जनसङ्ख्यालाई आधार मानी कायम गर्नुपर्ने भएकाले राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिस समेतका आधारमा मतभार कायम गरिएको आयोगले जनाएको छ ।

नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि २०८० फागुन २० गते समाप्त हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरि सक्नुपर्ने कानुनी व्यवस्था छ ।

आयोगले माघको दोस्रो साता निर्वाचन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP