प्रदेश १ बाट ४० जना कोरोना संक्रमित डिस्चार्ज

प्रदेश १ बाट आज ४० जना कोरोना भाइरसमुक्त  भएर घर फर्किएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित निको भएका हुन् ।

संक्रमणमुक्त हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९ र भोजपुरका ४ जना १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका छन् ।
अस्पतालबाट डिस्चार्ज भएकाहरूलाई बिदाइ गर्दै प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश १ मा कोरोना नियन्त्रण हुँदै गएको बताउनुभएको छ ।

क्वारेन्टाइनमा मात्र संक्रमण देखिएकाले क्वारेन्टाइनलाई व्यवस्थित गर्दै लैजाने मन्त्री घिमिरेको भनाइ छ ।

आज डिस्चार्ज हुनेहरू गत जेठ २२ गतेदेखि २६ गतेसम्म भर्ना भएकाहरू रहेको पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायका डीन डा. शैलेशमणि पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP