१३ मंसिर, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिनदेखी जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक आज सकिँदै छ।
महोत्तरीको जलेश्वरमा जारी बैठकमा आज पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
प्रतिवेदनमाथि छलफल गर्ने र पारित गराउने बैठकको अन्तिम एजेण्डा रहेको पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। आजको बैठक विहान १० बजे सुरु हुनेछ।
त्यसभन्दा पहिले १७ जनाको समूहमा नीति विचार मण्डलको बैठक बस्नेछ। उक्त बैठकमा सभापतिको राजनीति प्रतिवेदनमाथि छलफल हुनेछ। आजको बैठकले पार्टीको आगामी कार्यादिशाबारे ठोस निर्णय लिदै सकिने प्रमुख सचेतक परियारले बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया