१३ मंसिर, एजेन्सी
चीनको उत्तरपूर्वी कोइलाखानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।
उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको शुआङ्याशान शहरमा मंगलबार दिउँसो भएको कोइलाखानीमा दुर्घटनामा ११ जनाको मृत्यु भएको खानी कम्पनीले जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार दिउँसो २ः४० बजे दुर्घटना भएको हो। हेइलङजियाङ लङमे सुशाङ्गेशान मिनिङ कम्पनी लिमिटेडको शुआङयाङ कोइलाखानीमा चट्टान फुटेका कारण भएको थियो।
खोजी तथा उद्धार कार्य सम्पन्न भई दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया