Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

बालिका अपहरण गर्ने भारतीय नागरिक पक्राउ

बुटवल

रुपन्देहीको रोहिणी गाउँपालिकामा बालिका अपहरण गरेको अभियोगमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । रोहिणी गाउँपालिका वडा नं। २ बैकुण्ठपुरका ३० वर्षीय ९परिवर्तित नाम० असफाक अहमद खानकी पाँच वर्षीय छोरी अपहरण गरेको अभियोगमा जिल्ला महाराजगञ्ज थाना निच्लौल ग्राम मिठौराबजार भारतका २३ वर्षीय मनिस निगमलाई प्रहरीले पक्राउ गरेको हो ।
रोहिणी गाउँपालिका वडा नं। २ बैकुण्ठपुरका खानकी छोरी आफ्नै घर आँगनमा खेलीरहेको बेला शुक्रबार बिहान करिव साढे आठ बजेको समयमा हराएकी थिईन् । बालिका हराएपछि खोजी गर्ने क्रममा घर नजिकैको रोहिणी पुल नजिकैको जंगलबाट बिहान १० बजेको समयमा बालिकालाई सकुशल उद्धार गर्नुका साथै उपहरण गर्ने भारतीय नागरिक मनिसलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीका अनुसार मनिसले अपहरण गरेकी बालिकाको मुख थुनेर लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीका अनुसार जिल्ला महाराजगञ्ज थाना निच्लौल ग्राम मिठौराबजार भारतका फूलचन्द्र निगमका छोरा विगत एक वर्षदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ कोटिहवामा डेरा गरी पेन्टरको काम गर्दै आएको थियो । पक्राउ परेको निगममाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP