राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टरसहित चार जनामा कोरोना, आकस्मिक बाहेकका सेवा बन्द

शरद रेग्मी दाङ  । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना चिकित्सिक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अस्पतालले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।

अस्पताल परिसरलाई निसंक्रमण गर्नु पर्ने भएकाले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए ।

अस्पतालको मेडिकल वार्डमा भर्ना भएका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि विरामीको हेरचाहमा संलग्न ४ जना डाक्टर, ११ जना नर्स र ६ जना स्वास्थ्यकर्मी गरी २१ जना होम क्वारेन्टिनमा बस्दै आएका थिए ।

उनीहरुको स्वाब संकलन गरी परीक्षण गर्दा एकजना चिकित्सक, दुईजना नर्स र एकजना स्वास्थ्यकर्मीमा शुक्रबार कोरोना पुष्टि भएको हो । उनीहरु दुई महिला र दुई पुरुष हुन् ।

कायम मुकायम रजिष्ट्रार देवका अनुसार संक्रमितहरु सबै प्रतिष्ठानको सम्पर्कमा छन् र उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । अस्पताल बन्दा हुँदा बिरामी तथा सर्वसाधारणलाई पर्न जाने असुविधाप्रति प्रतिष्ठानले क्षमा मागेको छ ।

साथै अन्य सरकारी तथा निजी अस्पतालहरुलाई प्रतिष्ठानबाट रिफर भएका विरामीलाई विशेष सुविधा दिई सेवा प्रवाह गरिदिन पनि अनुरोध गरिएको छ । यो सगै जिल्लामा २६० जना कोरोना सक्रमित भएका छन उनिहरुको बिभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP