Trending
समाज पहुचँमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग खेल स्कटल्याण्ड समूह विजेता बन्दै सुपर १२ मा, ओमान बाहिरियो राजनीति प्रदेश १ : विश्वासको मतदानको मिति सार्ने सत्तापक्षको कसरत‚ आजै गर्नुपर्ने विपक्षीको अडान राजनीति प्रदेश १ : विश्वासको मतमाथि छलफल आज, मतदान मिति सार्ने सत्ता पक्षको कसरत खेल टि-२० विश्वकप : सुपर १२ मा बंगलादेश समाज बाढीले कैलालीमा जनजीवन अस्तव्यस्त, विपन्न बस्तीमा गाँसकै समस्या समाज प्रधानमन्त्रीले आज कैलाली र बर्दियाको बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै राजनीति एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै समाज विराटनगर विमानस्थल भोलिदेखि खुलाउने तयारी समाज बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कोरोनासँगै सरुवा रोगको जोखिम

देशभर मनसुनी गतिविधि बढेपछि भारी वर्षा, सतर्कता र पूर्वतयारी अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुनी गतिविधि बढेको छ । मौसम पूर्वानुमान महाशाखाले १२ जुनमा नेपालको पूर्वी भु भागबाट प्रवेश गरेको मनसुनले २१ जुनबाट देशैभर प्रभाव पारेको जनाएको छ ।

योसँगै मौसमी गतिविधि बढ्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारीमा लाग्न अनुरोध गरेको छ । यसैगरी, गएराति देखि देशका विभिन्न भुभागमा अविरल वर्षा भइरहेको छ । काठमाडौं उपत्यकालगायतका आसपासका जिल्लाहरुमा वर्षा भइरहेको छ ।

महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न नदी र खोलामा बाढी आउने सम्भावना रहेको भन्दै होसियारी अपनाउन आह्वान गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP