Trending
राजनीति संसद् अधिवेशनका लागि सांसदहरू नै तयार देखिनुहुन्न : सभामुख घिमिरे अपराध एनपिएलमा बेटिङ गरेको आरोपमा चार जना पक्राउ राजनीति प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेट राजनीति शिक्षा विधेयक चाँडो ल्याउनुपर्छ : उपसभामुख राना राजनीति सूचना–प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई सञ्चारमन्त्रीको आग्रह राजनीति प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेट flash विजयनगरमा डेङ्गु तथा किटजन्य रोगहरु नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न खेल जनकपुर बोल्टको दोस्रो जित, कर्णाली ८ विकेटले पराजित राजनीति गौरीशंकरको उपाध्यक्षमा माओवादीको अग्रता राजनीति कांग्रेस-एमाले गठबन्धनलाई पन्छाउँदै पुथाउत्तरगङ्गामा माओवादी विजयी

आज माघ शुक्ल पूर्णिमा, स्वस्थानी व्रत समापन गरिँदै


काठमाडौं : माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समापन गर्ने दिन। एक महिनादेखि चलिरहेको श्रीस्वस्थानी व्रत शनिबार विधिपूर्वक समापन गरिँदैछ।

नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा शुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप–कलश–गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकासहित श्रीस्वस्थानी देवीको विशेष पूजा–अर्चना गरिन्छ।

देवादिदेव महादेवसहित स्वस्थानीको पूजा आराधना गरी अर्घ दिई विधिपूर्वक र्नाले मनोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ। समापनको पूजामा अक्षता, बेलीपुष्प, जनै, रोटी, पान, सुपारी र मौसमअनुसारका फलफूल एवं बत्ती १०८ को संख्यामा चढाउने विधान छ। यसरी चढाएको नैवैद्यमध्ये आठ रोटी, आठ पान, आठ सुपारी र फल श्रीमान् वा छोरा (छोरी) लाई दिई १०० रोटी व्रतालुले खाने नियम छ।

सत्ययुगमा महादेव पति पाउन देवी पार्वतीले भगवान् विष्णुको सल्लाहमा स्वास्थानी परमेश्वरीको व्रत बसेको बताइन्छ। महादेव पति पाएपछि पार्वतीले नै यो व्रतको प्रचार गर्न लगाएको व्रतकथामा उल्लेख छ।

यो पूर्णिमामा पद्मपुराणअन्तर्गतको १५३ श्लोकको ‘स्वस्थानी व्रत माहत्म्य’ पाठ गर्ने परम्परा छ। काठमाडौंको साँखुस्थित शालीनदी र भक्तपुरको हनुमानघाटमा लागेको माधवनारायण मेला पनि यही पूर्णिमामा सम्पन्न हुन्छ।

माघस्नान र स्थानीय तीर्थस्थलमा लागेका मेलापर्व पनि यही पूर्णिमामा समापन गरिन्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP