Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

भ्रष्टाचार मुद्दामा मुछिएका सांसद यादव निलम्बित

लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव सांसद पदबाट निलम्बन भएका छन्। यादव विरुद्ध भ्रष्टाचार मुद्दा परेपछि प्रदेशसभाले उनलाई सांसद पदबाट निलम्बन गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादव समेतलाई विपक्षी बनाई भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा हालेको छ। वन पैदावारको हानी नोक्सानी गरि भ्रष्टाचार गरेको आरोप यादव माथि छ।

कपिलवस्तुको गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको आरोप अख्तियारले उनी माथि लगाएको छ।

गत ८ गते अदालतमा मुद्दा दायर गरेको आयोगले यादवलाई सांसद पदबाट निलम्बन गर्न प्रदेशसभालाई परिपत्र गरेको थियो। सोही परिपत्रका आधारमा यादवलाई सांसद पदबाट निलम्बन गरिएको प्रदेशसभाले जनाएको छ।

हाल अदालतमा विचाराधीन रहेको मुद्दा किनारा नलागे सम्मका लागि यादवलाई निलम्बन गरिएको प्रदेशसभाले जनाएको छ।

राप्रपाका यादव कपिलवस्तु निर्वाचन क्षेत्र ३ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए। यादव नेकपा यसअघिको एमाले नेता लिला गिरी नेतृत्वको सरकारका उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री समेत बनेका थिए।

अख्तियारले सांसद यादव सहित १९ जना विरुद्ध मुद्दा दायर गरेको छ। उनीहरूले काठ लुकाएर विक्री गरि २९ लाख १२ हजार १ सय ९३ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP