Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

सत्ता समीकरण फेरिएपछि वामदेव उत्साहित, भन्छन्– वामपन्थी एकताको ढोका खुल्यो

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एकाएक नयाँ सत्ता समीकरण निर्माणपछि उत्साहित भएका छन्। नेपाली कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्र नेकपा एमालेसँगको गठबन्धनमा आउनु अत्यन्तै सकारात्मक र स्वागतयोग्य भएको उनले प्रतिक्रिया दिए।

तत्कालीन नेकपा विभाजन भएयता निरन्तर पुनः एक हुनुपर्ने पक्षमा उभिँदै आएका नेता गौतमले थाहाखबरसँग भने, ‘जसरी नेपालको राजनीतिमा एकाएक नयाँ परिवर्तन आएको छ, यो अत्यन्तै सकारात्मक विषय हो। देशभरका जनताले चाहेको यही हो। वामपन्थी सहकार्य र एकता नै हो।’

यसैबाट फेरि वामपन्थी एकताको ढोका खुलेको नेता गौतमको विश्वास छ। राष्ट्रियसभा सदस्यसमेत रहेका उनले आफू नेतृत्वको अभियानले यसलाई स्वागत गरेको बताए।

‘यसलाई नेकपा एकता राष्ट्रिय अभियानले स्वागत गरेको छ। यसले पक्कै पनि सकारात्मक परिणाम दिनेछ। अब अहिलेको यो जुन सुरुवात भएको छ, यसले फेरि कम्युनिष्टहरूलाई पक्कै पनि एकतासम्म लैजान्छ भन्ने विश्वास छ। यसले कम्युनिष्टहरूको एकताको ढोका खुल्ला गरेको छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP