Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

आफन्त नेपालको परियोजना समिक्षाः ‘चेलीहरुको उद्धारमा अहम भूमिका’


कृष्णनगर, २१ फागुन ।
आफन्त नेपाल संस्थाले विगत २ वर्षमा गरेका गतिविधिहरुको परियोजनाको समिक्षा कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न गरेको छ । आफन्त नेपालले २ वर्षमा भएका आर्थिक आय व्यायलाई समेत प्रस्तुत गरेको छ । आफन्त नेपालको वार्षिक प्रगति विवरण आफन्त नेपालका क्षेत्रीय संयोजक केशर विश्वकर्माले प्रस्तुत गरेका थिए ।ं मानव बेचविखन तथा ओसारपसार विरुद्धमा विभिन्न तवरबाट सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान तथा मायाको चिनो समेत प्रदान आफन्त नेपालले जनाएको छ ।

आफन्त नेपालले सबैको साथ र सहयोगले संस्थाले नेपाली चेलीहरुको उद्धारमा अहम भूमिका खेलेको छ । यस संस्थाले मानव बेचबिखन विरुद्ध कियाशील संस्था आफन्त नेपाल विगत २०६४ सालदेखि कपिलवस्तु जिल्लामा आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सिमा क्षेत्रमा अनुगमन गरि जोखिममा पर्न सक्ने महिला तथा किशोरीहरुलाई सूचना प्रवाह गरि सचेत गराउने र जोखिममा रहेका महिला तथा किशोरीहरुलाई उद्धार गरि पुनस्र्थापना गर्ने लगायतका चेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले यस विषयलाई स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । उनले मानव बेचबिखन जघन्य अपराध भएको बताउँदै यसको न्यूनीकरणका लागि नगरपालिकाले आवश्यक पहलको साथै हातेमालो गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

यस्तै इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले मानव बेचबिखन कानुनी अपराध भएको बताउँदै यस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्नुपर्नेमा सम्बन्धित निकाले सबैले जोड दिन आवश्यक रहेको बताए । बेचिएका चेलीहरुलाई उद्धार गरि उनीहरुको जीवन रुपान्तरण गर्नु मानवीय पुन्यको काम भएको उनले बताए ।

कार्यक्रममा आफन्त नेपालक केन्द्रीय कार्यलयका स्वस्तिक अर्यालले सबैले अपराधिक क्रियाकलपालाई विरुद्ध आवाज उठाउनुपर्ने बताएका छन् । उनले हरेक समुदायमा जनचेनता जगाउनु सबैको कर्तव्य भएको बताउँदै मानव बेचविखन, हिंसा विरुद्ध सबैले लाग्नुको साथै आवश्यक सहयोग गर्न अनुरोध समेत गरे ।

यसैगरि चेली कृषि सहकारीकी सुशीला दर्लामीले आफन्त नेपालकै कारण समुदायमा धेरै प्रभाव परेको बताउँदै धेरै दिदी बहिनीहरु बोल्न सक्ने र हिंसा विरुद्ध आवाज निकाल्न सक्ने भएको जिकिर गरिन् । त्यस्तै महिला नेतृ मिना परियारले आफन्त नेपालले जोखिममा रहेका र परेका महिला तथा किशोरीहरुको जीवन रुपान्तरणमा आफन्त नेपालीले प्रसंशानीय काम गरेको बताइन् ।

कार्यक्रममा उपमेयर आरती देवी चौधरी, सशस्त्र प्रहरी बल कृष्णनगरका प्रमुख, लिंगेट अस्थायी प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक धरम बहादुर खड्का, भन्सार कार्यलयका प्रमुख बासुदेव नेपाल, ट्राफिक प्रहरीका प्रमुख रन बहादुर भट्ट क्षेत्री, पूर्व वडा अध्यक्ष संजय गुप्ता, उद्योग बाणिज्य संघका पंकज गुप्ता, होटल व्यवसाय संघका शिव घिमिरे, आफन्त नेपालद्वारा गठन गरिएको चेली कृषि सहकारी संस्थाकी अध्यक्ष अरुणा श्रेष्ठ, लगायत मानव बेचबिखविरूद्ध काम गर्ने विभिन्न संघसंस्थाको उपस्थिति थियो । कार्यक्रम सञ्चालन आफन्त नेपालकी क्षेत्रीय संयोजक उषा गुरुङ गरेकी थिइन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP