Trending
खेल धनकुटामा जिल्लास्तरीय अन्डर १५ बुद्धिचाल प्रतियोगिता शुरु समाज कहाँ हरायो पशुपतिमा आरति गर्दा उठेको दान, दक्षिणा ? समाज बाढीले रेलेखोला जलविद्युत् आयोजनाको इन्टेक पुर्‍यो, बाँधमा क्षति आर्थिक कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार समाज बैतडीमा जिप दुर्घटना एकको मृत्यु, आठजना घाइते राजनीति बजेटबाट नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेका छौँ : अर्थमन्त्री खेल बढ्यो खेलकुदमा बजेट : क्रिकेट मैदानलाई महत्त्व दिँदा दशरथ रंगशालाबारे मौन समाज प्राचीन पर्खाल र इनारका संरचना भेटिएको खयरडाँडामा पुनः उत्खनन राजनीति वामदेवका केन्द्रीय सदस्य ढकाललाई उपेन्द्रले भित्र्याए राजनीति एमालेको राष्ट्रिय महिला भेला आजदेखि, पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि

धादिङको गजुरीमा बस दुर्घटना अपडेट, पाँचजनाको मृत्यु, ३७ जनाको उद्धार

काठमाडौं : कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ। ३७ जनाको उद्धार गरिएको छ।

लु २ ख २१२१ नम्बरको बस बिहान ४ बजेतिर गजुरी गाउँपालिका-५ घाटबेसीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतमकुमार केसीले जानकारी दिए।

मृतक पाँचैजनाको पहिचान खुलेको छैन। उद्धार गरिएका ३७ नै जनालाई उपचारका लागि गजुरी सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।

बसमा अनुमानित ५० जना रहेको एसपी केसीले जानकारी दिए। बसका चालक घाइते छन्। गजुरी सामुदायिक अस्पतालमा उनको उपचार भइरहेको छ।

दुर्घटनाको खबर पाएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले यात्रुको उद्धार र शव निकाल्ने काम गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP