Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

संसदमा आज देउवा, ओली र प्रचण्डको सम्बोधन

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नेछन्।

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ। आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने जनाइएको छ।

सत्ता समीकरण फेरिएपछि संघीय संसदको पहिलो बैठक बस्न लागेको हो। बैठकमा सभामुख देवराज घिमिरेले मन्त्रिपरिषद हेरफेरको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।

नेपाली कांग्रेस सत्ताबाट प्रतिपक्षमा पुगेको छ। उसले बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको छ। आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निर्णय गर्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

यस्तै एमाले अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए। प्रधानमन्त्रीको सचिवालयले पनि आज प्रधानमन्त्रीले संसदमा बोल्ने जानकारी दियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP