काठमाडौं : नयाँ सत्ता गठबन्धनका दललाई समेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार मन्त्रिमण्डल विस्तार गरे।
सरकारमा प्रधानमन्त्रीको दल माओवादी केन्द्र, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी भएका छन्। यससँगै अहिले मन्त्रिपरिषद् २० सदस्यीय भएको छ। तर दुईवटा मन्त्रालय अझै प्रधानमन्त्रीसँग छ।
स्वास्थ्य तथा जनसंख्या र वन तथा वातावरण मन्त्रालय प्रधानमन्त्री आफैँले राखेका हुन्। ती मन्त्रालय नयाँ सत्ता गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी (जसपा) का लागि छुट्याइएको थियो।
विभिन्न विषयमा असन्तुष्टि जनाउँदै जसपाले तत्काल मन्त्री नपठाएकाका कारण दुई मन्त्रालय प्रधानमन्त्री आफैँले राखेका हुन्। यद्यपि जसपाले बिहीबार केन्द्रीय कार्यकारिणी बैठकमार्फत सरकारमा जाने/नजाने विषय टुंग्याउने बताएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया