काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा सुन्न नचाहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै पौडेलले निवर्तमान अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा स्वीकार गर्न नचाहेको बताए।
उनले अर्थमन्त्रीको रुपमा ११ महिना काम गर्दा अर्थतन्त्रलाई लयमा ल्याउने काम गर्न नसकेको पनि उल्लेख गरे। उनले पछिल्लो एक वर्षमा मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको जिकिर गरे।
अहिले पनि अर्थतन्त्रका कुनै पनि सूचक सकारात्मक नरहेको उनले टिप्पणी गरे। पौडेलले आर्थिक वर्षका २ क्वाटरमा आर्थिक वृद्धिदर सकारात्मक नहुनु भनेको अर्थतन्त्र मन्दीमा जानु हो भने।
पूर्वअर्थमन्त्री पौडेलले निवर्तमान अर्थमन्त्रीले वास्तविक अर्थतन्त्रका आँकडालाई सच्याउँदै हिँडेको पनि आरोप लगाए। उनले लय बिगारेको अर्थतन्त्रलाई दुरुस्त छ भनेर दावी गर्नु आपत्तिजनक रहेको समेत टिप्पणी गरे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया