Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

लाइसेन्स परीक्षामा उत्तीर्ण हुने पशु चिकित्सक बढे


काठमाडौं : पशु चिकित्सक अभाव भइरहेका बेला नेपाल पशु चिकित्सा परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको उत्तीर्ण दर सुखद देखिएको छ। पशु चिकित्सकको १९ औँ परीक्षाको नतिजामा ७९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन्।

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, परिषद्ले प्रत्येक चौमासिकमा लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ। परिषद्को लाइसेन्स परीक्षा उत्तीर्ण नहुनेले प्रयोगात्मक गर्न पाउँदैनन्।

परिषद्ले सोमबार लिएको परीक्षामा ५३ जिल्लाका २१२ सहभागीमध्ये ४९ जिल्लाका १६८ जना उत्तीर्ण भएका छन्। परीक्षामा उत्तीर्णमध्ये ३८ प्रतिशत महिला छन्। सहभागी महिलामध्ये ९२ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षा उत्तीर्ण हुने चिकित्सकलाई मंगलबार शपथ गराइने छ।

परिषद्ले २०७४ सालदेखि परीक्षा लिएर लाइसेन्स उपलब्ध गराउन थालेपछि ९०० जनाले सो परीक्षा उत्तीर्ण गरिसकेका छन्। त्यस अघि विश्वविद्यालयमा उत्तीर्ण भएको प्रमाणपत्र पेश गरेका भरमा लाइसेन्स पाउने व्यवस्था थियो।

परिषद्का प्रवक्ता डा. मनोजकुमार शाहीले पशु चिकित्सकको परीक्षामा औसतमा ५१ प्रतिशत उत्तीर्ण हुने गरेको जानकारी दिए। परीक्षामा सहभागीमध्ये नेपाल, बंगलादेश र चीनका ९ विश्वविद्यालयमा अध्ययन गरेका सहभागी छन्। नेपालमा चार वटा क्याम्पसमा मात्रै पशु चिकित्साको अध्यापन हुन्छ ।

परिषद्ले परीक्षा सञ्चालन गरेकै दिनमा नतिजा प्रकाशन गर्ने, भोलिपल्ट प्रमाण जाँच र पुनर्पुष्टि गर्ने र तेस्रो दिन लाइसेन्सको प्रमाणपत्र दिएर शपथ गराउने गरेको छ। उनले पशुको सम्बन्ध सिधै मानव स्वास्थ्यसँग रहेकाले लाइसेन्स परीक्षामा बढी नै संवेदनशील हुने गरेको दाबी गरे।

नेपालमा तीन हजार १६२पशु चिकित्सकको आवश्यकता रहे पनि हाल एक हजार ९८२ जना उपलब्ध छन् । नेपालमा पशुपन्छीको संख्या नौ करोड ६२ लाख छ। एक चिकित्सकले ४८ हजार पशुको उपचार गर्नुपर्ने अवस्था छ। देशका ७५३ स्थानीय तहमध्ये ६० प्रतिशतभन्दा बढीमा हालसम्म पशु चिकित्सक नै छैनन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP