Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

संखुवासभामा महिला हत्या आरोपी पक्राउ

संखुवासभा : महिलाको हत्या गरेको आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ।

सिलिचोङ गाउँपालिका घरभई हाल खाँदबारी नगरपालिका-७ स्थित आर्मी क्याम्प नजिकै डेरा गरी बस्ने २६ वर्षीया विना राईको हत्या आरोपमा खाँदबारी-११ हरेलोका ३१ वर्षीय मङ्सिरे शेर्पा पक्राउ परेका हुन्।

शेर्पाले मादक पदार्थ सेवन गरी कुटपिट गरेर राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेबुले बताए ।

प्रहरीका अनुसार शेर्पा खाँदबारी नगरपालिका-७ स्थित आर्मी क्याम्प नजिकै विनासँग ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए । गत फागुन १८ गते राति विनाको हत्या गरेर फरार भएका शेर्पालाई प्रहरीले २४ गते राति खाँदबारी-७ स्थित वेलफर डाँडाबाट पक्राउ गरेको हो। प्रहरी​लेपत्रकार सम्मेलन गरी शेर्पालाई आइतबार सार्वजनिक गरेको हो।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP