Trending
समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते समाज नेपाल लाइफको आकर्षक केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना राजनीति ओलम्पियन सूर्योदय नगरपालिका आउँदै flash कृष्णनगर ८ दयानगरका आगलागी पिडितलाई जस्तापाता सहित आवास निर्माणका सामग्री प्रदान flash कृष्णनगरमा ४० कृषकलाई सिँचाई मेसिन वितरण अन्तर्राष्ट्रिय चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता अपराध शौचालयको ढोका फुटाएर लकरसहित झन्डै ६ लाख रुपैयाँ चोरेका तीन जना पक्राउ राजनीति सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने

नागरिकता विधेयकविरुद्ध कपिलवस्तुमा प्रदर्शन

कपिलवस्तु जनता समाजवादी पार्टी कृष्णनगर कमिटिले सरकारले ल्याउन लागेको बैवाहिक अङ्गीकृत नागरिता विधेयक विरुद्ध प्रदर्शन गरेको छ । कमिटिले सरकारले मधेशी समुदायलाई लक्षित गरी बर्षौ देखि रहि आएको भारत संगको रोटी वेटीको सम्बन्धलाई सक्काउन यस्तो विधेयक ल्याउन लागेको भन्दै विधेयक विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन ।

जनता समाजवादी पार्टी कृष्णनगर कमिटीको आयोजनामा भएको विरोध कार्यक्रममा संघीय परिषद् सदस्य अकरम पठानले सरकारले ल्याएको विधेयकले अन्य मुलुकमा विवाह गरी नेपालमा बुहारी बनाउदा नागरिकताका लागी ७ बर्ष कुर्नु पर्ने बाध्यकारी विधेयक ल्याउन लागेकोले सो विधेयकको विरुद्ध जनता समाजवादी पार्टि निरन्तर प्रदर्शन गर्ने बताए ।

सरकारले ल्याउन लागेको विधेयकले मधेशी समुदायलाई पछाडी पार्न खोजिएकोले सो विधेयक खारेज नहुदाँ सम्म आन्दोलन गरिरहने पठानले बताए । जनता समाजवादी पार्टिका सदस्य शिवकुमार गुप्ताले विधेयक आफ्नो पार्टिलाई कदापी स्वीकार्य नहुने र सरकारले जर्वजस्ती यो विधेयक ल्याए देशमा ठूलो आन्दोलन हुने बताए ।

जनता समाजबादी नेता बृजेश गुप्ताले एउटा समुदायको परम्परा देखि चलिआएको संस्कारलाई कुल्चाउन सरकारले बैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न ७ बर्ष कुर्नु पर्ने विधेयक ल्याउने तयारीमा रहेकोले सो विधेयक विरुद्ध अझै शशक्त आन्दोलन गर्ने बताए । युवा नेता नबाब शाहले सरकारले पटक पटक मधेशी थारु जनजाती माथि अन्याय गर्दै आएकोले अब सहेर नबस्ने बताए । तसर्थ सरकारले ल्याउन लागेको विधेयक तत्काल खारेज गर्नुपर्ने शाहले माग गर्नुभयो ।

त्यस्तै जनता समाजवादी पाटीका नेता संभु पांडेयले नागरिकता विधेयक सच्चाउनु सत्ता पक्षसगँ माग गर्नु भयो । नेकपा सरकारले आफु अनुकुल नागरिकको विषयमा निर्णय गर्नु रोटी वेटी विचको सम्बन्धलाई तोडने कार्य भएको बताउनु भयो । उक्त कार्यक्रममा साहिल खान , जीवन श्रीवास्तव , बजरंगी गुप्ता शिवकुमार गुप्ता , दीपेंद्र मिश्रा ,मोहमद हाई ,राजेश यादव ,रामकुमार यादव ,रामसेवक यादव ,नदीम अहमद ,अशरफ खान जनता समाजवादी पाटीका नेता तथा कार्यकर्ताहको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP