काठमाडौँ : राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत ४ गते हुने भएको छ। बुधवारको राष्ट्रियसभा बैठकमा समिति सभापतिका निर्वाचनको मिति तोकिएको हो।
बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरूको निर्वाचनका लागि आउँदो चैत ४ गते आइतवारलाई तोकिएको जानकारी दिए।
उनले समिति सभापतिहरूको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन पनि दिए।
राष्ट्रियसभाको अर्को बैठक चैत २ गते शुक्रवार बिहान ११:१५ बजे बस्नेछ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया