Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

उपभोक्ता अधिकार सरकारको प्राथमिकतामै परेन


काठमाडौं : आज विश्व उपभोक्ता दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो वर्ष ‘स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार’ भन्ने नारा तय भएको छ। हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाइने गरिएको छ।

सो अवसरमा सरोकारवाला निकायले विगत तीन–चार दिनदेखि उपभोक्ताको अधिकारसम्बन्धी विविध कार्यक्रम गरेका छन्। सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सुरक्षा, सूचना, छनोट र सुनुवाइ उपभोक्ताका चार अधिकार भएको घोषणा गरेका थिए। त्यसै दिनको सम्झनामा ‘विश्व उपभोक्ता अधिकार दिवस’ मनाउन थालिएको हो।

वाणिज्य, आपूर्ति उपभोक्ता संरक्षण विभागका नेतृत्वमा आज नेपालमा विभिन्न कार्यक्रम गरेर देशव्यापी रूपमा विश्व उपभोक्ता दिवस मनाइ पनि आमउपभोक्ताको भोगाइ भने पीडादायी रहेको छ।

अति आवश्यकीय उपभोग्य वस्तु चामल, दलहन (गेडागुडी), आँटा, मैदा, चिनी, जिरालगायतका वस्तुको उच्चदरमा मूल्य वृद्धि भएपछि निम्न तथा मध्यम वर्गका उपभोक्ता मारमा छन्। उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालो बजारीले उपभोक्ता भने सधैँ मारमा पर्ने गरेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र त्यस अन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमन गरिरहेको दाबी गरेको छ तर बजारमा सुधारको अवस्था छैन्।

विभागले चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो आठ महिनामा तीन हजार २९१ वटा व्यावसायिक फर्मको अनुगमन गरेको छ। जसमा ८३८ वटालाई पाँच हजारदेखि तीन लाख रुपियाँसम्म जरिवाना गरिएको छ।

अनुगमनका क्रममा ६४ व्यावसायिक फर्मबाट म्याद नाघेका एक करोड पाँच लाख बराबरका सामान नष्ट गरिएको विभागले जनाएको छ।

विभागका महानिर्देशक तीर्थराज चिलुवालले विभागमा रहेको सानो अनुगमन युनिटले आमनागरिकले चाहेजस्तो गरी बजारमा परिवर्तन ल्याउन नसके पनि विगतको तुलनामा केही सुुधार गर्न खोजेको दाबी गरेका छन्।

उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसेनाले सरकारसँग अति आवश्यकीय वस्तुको उत्पादन, माग र आपूर्तिको आधिकारिक तथ्याङ्क नहुँदासम्म बजार सीमित व्यक्तिकै नियन्त्रणमा हुने र उपभोक्ता सधैँ मारमा पर्ने बताए। सरकारसँग स्वदेशमा भएको उत्पादन, बजारको माग र आपूर्तिको तथ्याङ्क नहुँदासम्म कुनै वस्तुको थोरै माग बढ्नेबित्तिकै बजारमा कालो बजारी र कृत्रिम अभाव हुने समस्या हुने उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP