Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

रुसमा आजदेखि राष्ट्रपतिको निर्वाचन, पुटिनका प्रतिद्वन्द्वी नाममात्रका

एजेन्सी

काठमाडौं : रुसमा राष्ट्रपतीय निर्वाचनका लागि आजदेखि मतदान सुरु हुँदै छ। तीन दिनसम्म चल्ने मतदानले देशको नयाँ राष्ट्रपति चयन गर्नेछ।

७१ वर्षीय राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौं कार्यकालका लागि चुनाव लड्न लागेका हुन्। नाम मात्रका प्रतिद्वन्द्वीहरु मैदानमा रहेकाले पुटिनले अर्को ६ वर्षे कार्यकालका लागि सहजै निर्वाचन जित्ने विश्वास गरिएको छ। उनले २४ वर्ष रुसको नेतृत्व गरिसकेका छन्।

पुटिनको विपक्षमा निकोलाई खारितोनोभ, लिओ–निद स्लुतस्की, भ्लादिस्लाभ दाभान्कोभसहित तीन उम्मेदवार मैदानमा छन्।

७५ वर्षीय निकोलाई कम्युनिस्ट पार्टी अफ रसियन फेडरेसनका आधिकारिक उम्मेदवार हुन्। खारितोनोभ रुसी संसद्को तल्लो सदन स्टेट ड्युमा सन् १९९४ देखि सांसद रहँदै आएका छन्।

सन् २००४ मा भएको निर्वाचनमा पनि उनले पुटिनविरुद्ध उम्मेदवारी दिएका थिए भने पुटिनले ७१ दशमलव ९१ मत पाउँदा उनले १३ दशमलव ८ प्रतिशत मत पाएका थिए।

अर्का उम्मेदवार लिओनिद पनि तल्लो सदनका सांसद हुन्। ५६ वर्षीय लिओनिद चरम राष्ट्रवादी दल लिबरल डेमोक्र्याटिक पार्टी अफ रसियाका नेता हुन्।

त्यस्तै अर्का उम्मेदवार भ्लादिस्लाभ दाभान्कोभ संसद्‌का उपसभामुख हुन् भने उनी न्यु पिपुल पोलिटिकल पार्टीका निर्वाचित सांसद हुन् । ४० वर्षीय दाभान्कोभ राष्ट्रपति पदका सबैभन्दा युवा प्रतिस्पर्धी हुन् ।

पुटिनविरुद्ध उम्मेदवारी दिए पनि उनीहरु कोही पनि पुटिनका आलोचक भने होइनन्। पुटिन स्वयं भने स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्दै छन्।

भिडियो सन्देश जारी गर्दै पुटिनले आगामी राष्ट्रपतीय निर्वाचनको परिणामले भावी वर्षका लागि देश विकासको आकार निर्माण बताउँदै मतदानमा सहभागी हुन देशवासीलाई आह्वान गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP