Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन कार्यदलको बैठक बस्दै

काठमाडौं : सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने तयारी गरेको छ।

आजै टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्ने गरी मस्यौदा निर्माणको काम भइरहेको रास्वपाका प्रवक्ता एवं कार्यदल सदस्य मुकुल ढकालले जानकारी दिए।

मस्यौदा हस्तान्तर भएसँगै शीर्ष तहमा आन्तरिक छलफल गरेर सरकारले मन्त्रिपरिषदबाट पास गरेपछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने ढकालको भनाइ छ।

बिहीबारै नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने गरी अर्थ मन्त्रालय सिंहदरबारमा बैठक राखिए पनि माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री वर्षमान पुन संसद् बैठकमा व्यस्त रहेका कारण बैठक आज बिहान ९ बजे बस्ने गरी कार्यदलको बैठक स्थगित भएको थियो।

अघिल्लो वर्ष एमाले, रास्वपा र जसपा सरकारमा सामेल हुँदा बनेको नीति तथा कार्यक्रमलाई सम्पादन गरेर ल्याउने सरकारको तयारी छ।​ महत्वाकांक्षी कार्यक्रमभन्दा पनि तत्काल गर्न सकिने आर्थिक सुधार, सुशासन र सेवा प्रवाहलगायतका विषय समेटेर मस्यौदालाई अन्तिम रूप दिने दलहरूको तयारी छ।

न्यूनतम कार्यक्रम छोटो र बुँदागत हुने कार्यदल सदस्यहरूले बताएका छन्। प्रधानमन्त्री प्रचण्डले समीकरण परिवर्तनको निर्णय लिएसँगै २१ फागुनमा नीति तथा कार्यक्रमका लागि कार्यदल बनेको थियो।

कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP